झोरको पब्लिक स्कुलमा आज शनिबार निशुल्क स्वास्थ्य शिविर, यति धेरै रोगको उपचार तथा परामर्श हुने



काठमाडौं,असोज २३ । टोखा नगरपालिका वडा नम्बर १ को झोरमा आज शनिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

झोरको पब्लिक स्कुलमा हुने निशुल्क स्वास्थ्य शिविर नेपाल रेडक्रस सोसाइटी बिष्णुमति उपशाखाको आयोजना, आयन्स योग नेचर अस्पताल टोखाको सहयोगमा हुन लागेको हो।

नेपाल रेडक्रस सोसाइटी बिष्णुमति उपशाखाका नवराज काफ्लेका अनुसार शिविरमा हाडजोर्नी दुखेको, कम्मर, गर्दन तथा ढाड दुखेमा, बाथ रोग, हड्डी खिइएको, नशा च्यापिएको, प्यारालाइसिस, माइग्रेन, उच्च रक्तचाप, पिनास, दम, डाइबिटिज आदि रोगको परीक्षण तथा उपचार हुनेछ। स्वास्थ्य शिविर बिहान १० बजेदेखि हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्