कोरोना अपडेट: नयाँ संक्रमित ७६० थपिए, ८९९ निको, ११ जनाको मृत्यु



काठमाडौं,असोज २३ । पछिल्लो २४ घण्टामा नेपालमा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्याङकमा कूल १२ हजार  ३१ जनाको पीसीआर र एन्टिजेन विधिमार्फत नमुना परिक्षण गरिएको छ ।  

त्यसमध्ये ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै ८९९ जना कोरोना निको हुनुभएको छ भने ११ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ९० हजार ९९३ जनाले कोरोना विरुद्धको खोप लगाएको पनि उल्लेख गरिएको छ । 
 
नेपालमा १५ हजार ३४० सक्रिय संक्रमितको संख्या रहेको छ । त्यसमध्ये ११ सय ७० संस्थागत आईसोलेशन, ११३ भेन्टिलेटर,३७७ सघन उपचारकक्ष र १४ हजार १६८ जना होम आईसोलेशनमा रहेका छन् ।  
नेपालमा हाल सम्म ७ लाख ७५ हजार ७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यस्तै ११ हजार २२१ कोरोना संक्रमण निको हुनेको संख्या रहेको छ

प्रतिक्रिया दिनुहोस्