काठमाडौं उपत्यकाबाट ४ लाख २२ हजार जना यात्रु दशैं मनाउन बाहिरिए



काठमाडौं,असोज २४ ।  काठमाडौं उपत्यकाबाट ४ लाख २२ हजार जना यात्रु दशैं पर्व नजिकिएसँगै बाहिरिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाका अनुसार शनिवारसम्ममा  ६७ हजार ११२ ओटा सार्वजनिक गाडीबाट ४ लाख २२ हजार जनाले काठमाडौं उपत्यका छाडेका हुन् ।गत असोज ११ गतेदेखि काठमाडौं उपत्यकाबाट सो संख्यामा सर्वसाधारण घर गएको पनि उसले बताएको छ ।

बडादशैंका लागि अग्रिम टिकट बुकिङ शुरु भएसँगै  घर फर्कनेको संख्या दिनप्रतिदिन बढिरहेको बस व्यवसायीहरुले बताएका छन् । रोजगारी, पढाई र काम गर्न काठमाडौं बस्दै आएका मानिस दशैंका बेला घर फर्किने हुनाले सवारीसाधनमा भिड लाग्ने गरेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्