एक सातादेखि बेपत्ता नुवाकोट तादीका बृद्धको शव चौघडामा भेटियो



नुवाकोट,असोज २५ । एक सातादेखि बेपत्ता नुवाकोट तादीका बृद्धको शव चौघडामा भेटिएको छ। तादी गाउँपालिका ४ निवासी ९६ वर्षीय तुलप्रसाद दाहाल मृत फेला परेका हुन । दाहाल गत असोज १९ गतेबाट बेपत्ता भएका थिए । 

चौघडास्थित स्थानीय खोलामा शव फेला परेपछि घरपरिवारलाई खबर गरी र शवलाई परिवारले जिम्मा लगाइएको प्रहरीले जनाएको छ । केहि दिनयता स्थानीयवासी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्यलाई तिव्रता दिएको थियो।

९६ वर्षीय बृद्ध तुलप्रसादको मानसिक सन्तुलन गुमेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्