घूससहित वडाध्यक्ष र कम्प्युटर अपरेटर पक्राउ



काठमाडौं,असोज २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले महोत्तरीको मटिहानी नगरपालिका -५ का वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर अव्दुल राईनलाई घूससहित पक्राउ गरेको छ ।

जन्म दर्ताको सिफारिस गरिदिएबापत सेवाग्राहीसँग १० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग उनीहरुले घूस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट गएको टोलीले उक्त रकम उनीहरुले घूस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट नियन्त्रणमा लिएको आयोगका सहप्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्