प्युठानमा प्रहरी जवान सहित ९ जना जुवाडे प्रक्राउ



प्युठान,असोज २५ । प्युठानमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई प्रक्राउ गरेको छ । आज बिहान ३ बजेको समयमा प्युठान नगरपालिका वडा नं ४ जुम्री स्थित ऐरावती होटलमा जुवातास खेलिरहेको अवस्थामा प्युठानमा कार्यरत एकजना प्रहरी जवान सहित ९ जना जुवाडेलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । यद्दपी, पक्राउ परेकाहरुको नामावली भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रहरीले जुवाको खालबाट एक लाख ६५ हजार २६५ रुपियाँ नगद पैसा पनि बरामद् गरेको छ । त्यस्तै ७ थान मुवाईल र ६ वटा मोटरसाईकल पनि नियन्त्रणमा लिएको प्रहरी प्रमुख मल्लले बताउनुभयो ।

जुवाडे ईलाका प्रहरी कार्यालय विजुवारको नियन्त्रणमा रहेका छन् । यसबारे थप अनुसन्धान भईरहेको र जुवाडेलाई जुवा ऐन अन्र्तगत कार्वाही हने समेत प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्