हास्यकलाकार मनोज गजुरेलले गरेबिवाह



काठमाडौं, असोज २५। चर्चित हास्यकलाकार मनोज गजुरेल बिवाह बन्धनमा बाँधिएका छन् ।

सोमबार मनोज र न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलले भक्तपुरको डोलेश्वर मन्दिरमा बिवाह गरेका हुन् । गजुरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स र तस्वीर राख्दै आफूहरु बिवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन ।

२२ वर्ष लामो बैवाहिक जीवनको अन्त्य गर्दै चर्चित मनोजले २०७४ साल माघमा सम्बन्ध विच्छेद गरेका थिए । उनका एक छोरा र एक छोरी छन् । साथै उनले सामाजिक सञ्जालमार्फत् आफ्नोबारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्