गाईगोठदेखि मन्त्रीसम्म पुग्ने काे हुन रमा ?



बुटवल,असोज २५ । लुम्बिनी प्रदेश कानुन,महिला,वालवालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीकाे पाल्पा जिल्लाकाे तत्कालीन चिदिपानी गाविस ७ हाल माथागढी १ मा २०३३ साल वैशाख १८ गते जन्मनु भएकाे हाे । बाबा लाल बहादुर घर्ती र आमा धनकुमारी घर्तीकाे काेखवाट दाेस्राे सन्तानको रूपमा उहाँको जन्म भएकाे हाे । १ जना दाजु २ जना भाइ र १ जना बहिनी र आफू गरि ५ जना छाेराछाेरीमध्येकि उहाँ जेठि छाेरि हुनुहुन्छ । सामान्य किसान परिवारमा जन्मनुभएकि रमा सानै उमेरदेखि परिवारका सदस्यहरुमा सवैभन्दा मेहनती र ईमान्दारका रुपमा गाउँमा परिचित हुनुहुन्छ । प्राथमिक शिक्षा श्री आदर्श आधारभुत विद्यालय माथागढी चिदिपानीवाट भएकाे हाे भने निम्न माध्यमिक र माध्यमिक तहकाे शिक्षा श्री साैभाग्य मावि माथागढी १ चिदिपानीवाट भएकाे हाे । सवैलाई समान व्यवहार र समाज सेवा गर्ने उहाँको सानै उमेरदेखि रुचि रहेकाे थियाे ।

उहाँको विवाह २०५३ साल भदौ ५ गते माथागढी २ रुप्सेका सम्मर वहादुर घर्तीसगँ भएकाे हाे । सामान्य किसान परिवारमा जन्म भएकाले उहाँको विवाह पनि सामान्य किसान परिवारमै भएकाे थियाे । जन्म घर र कर्म घरकाे आर्थिक अवस्था समेत कमजाेर हुदा उहाँको उच्च शिक्षा अध्ययन गर्ने चाहाना पूरा हुन नसकेपछि उहाँ कृषि र पशुपालन क्षेत्रमा लाग्नुभएको थियाे । लामाे समयसम्म श्रीमानसगँ कृषि र पशुपालन गर्नुभएकी रमा घर्तीकाे अहिले पनि पशुपालन फर्म सञ्चालनमा रहेको छ । फर्मकाे श्रीमान सम्मर वहादुरले अहिले समाल्दै आउनुभएको छ ।

२०५१ सालवाट राजनीतिमा जाेडिनुभएकि रमा
पछिल्लो समय नेपाली राजनीतिमा आफ्नो स्वाभिमान कामय राख्ने र खराे स्वभावसङ्गै प्रखर बोल्ने महिला नेतृका रुपमा परिचित हुनुहुन्छ । घर्ती हाल लुम्बिनी प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी समाजवादीकाे तर्फबाट एकल सांसद् रहनुभएकाे छ । समाजवादी पाटी पाल्पा जिल्ला उपाध्यक्ष समेत रहनुभएकी उहाँ २०६२/०६३ काे जनआन्दोलनमा पाल्पा जिल्लामा नेतृत्वदायि भुमिका निभाउनुभएकाे थियाे । घरकाे आर्थिक अवस्था कमजाेर हुदाहुदै पनि उहाले समाजका महिलाहरुलाई एकजुट वनाउने, विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्ने र महिलाहरुकाे आयआर्जन माथि उठाउन सङ्घर्ष गर्दै आउनु भएको छ । सामान्य किसान परिवारहुदै कम्युनिस्ट आन्दोलनमा जाेडिनुभएकि रमा घर्तीले २०५१ मा कम्युनिस्ट पाटीकाे गाउँ कमिटी सदस्य हुनुभयो । २०६४ मा पाटीकाे सगंठित सदस्य,२०६५ मा दुई कार्यकाल पाल्पा जिल्ला क्षेत्रिय कमिटी सदस्यकाे भुमिका निभाउदै २०७० देखि जिल्ला कमिटी सदस्यकाे सक्रिय भुमिका निभाउनुभएकाे हाे भने उहाँ हाल नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी पाल्पा जिल्ला उपाध्यक्ष रहनुभएकाे छ । २०७४ सालमा समावेशी समानुपातिक सासंदवाट लुम्बिनी प्रदेश सभामा प्रवेश गरेकी उहाँ २०७८ असाेज २५ गते आईतवार लुम्बिनी प्रदेशको कानुन ,महिला तथा जेष्ठ नागरिक मन्त्रीको रूपमा सपथ लिएर मन्त्रालयकाे कार्यभार समाल्नुभएकाे छ ।

ईमानदार,सरल र नेपाली राजनीतिमा प्रखर बोल्ने मन्त्री रमा घर्तीकाे पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीकाे लुम्बिनी प्रदेश सभामा एकल सदस्यकाे रुपमा सनाखत गरेपछि झनै चर्चा चुलियो । लामाे समय जिल्लाका विभिन्न सामाजिक सघं सस्थामा अनुभव वटुल्नु भएकी रमालाई जिल्लाले सफल पशुपालन कृषकका रुपमा समेत सम्मान गरेकाे थियाे । सक्रिय राजनीतिमा क्रियाशील रहनुभएकि रमा घर्ती आगामी निर्वाचनमा पाल्पा जिल्लावाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फबाट चुनावी मैदानमा उत्रने तयारीमा रहनुभएकाे छ।

प्रतिक्रिया दिनुहोस्