उद्योग मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई



काठमाडौं,असोज २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोक्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्का सदस्य गजेन्द्रबहादुर हमालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा उहाँलाई सो कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले सोमवार जारी गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्