धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा पल्टियो, चार जना घाइते



काठमाडौं,असोज २६ । धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना परेको छ। दुर्घटनामा परी चार जना घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान सवा ७ बजेतिर धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगपालिका–११ स्थित राइमा दुर्घटना भएको हो ।

गाडी ब्रेक फेल भइ दुर्घटनामा परेको बताइएको छ। जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस दुर्घटनामा परी घाइते भएकाहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

घाइतेहरूको अवस्था सामन्य नै रहेको चन्दले बताए । बस सडक छेउमै पल्टिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्