छहरे टोखा यात्रा गर्दै हुनुहुन्छ? यो ठाउँ सजगता अपनाउनुहोस्



नुवाकोट, असोज २६ । नुवाकोट-काठमाडौ जोड्ने छोटो दुरीको मार्ग छहरे टोखा यात्रा गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने यस सडकमार्ग अन्तर्गतको सुनखानीमा पर्ने सिस्नेरी भीरमा सजगता अपनाउनुपर्नेछ। सडक स्तरोन्नतिका क्रममा काट्नुपर्ने चट्टान नकाटेपछि सर्वसाधारणले यस ठाउँमा दुख पाउने गरेका छन् । यसअघि असारमै काट्नुपर्ने भीर सम्बन्धित ठेकेदार कम्पनीले नकाटेपछि यस्तो समस्या उत्पन्न भएको हो।

सडक निर्माणकै चरणमा रहेको भन्दै सडक डिभिजन कार्यालय नुवाकोटले सुनखानी वैकल्पिक मार्ग खडा गरि झण्डै ३ महिना सिस्नेरी भीर भत्काउन सिसन निर्माण सेवालाई ठेक्का दिइएको थियो। तर सो कम्पनीले भीर खनिसक्नु पूर्व आफ्नो टार्गेट पूरा भएको भन्दै साँगुरो बाटोको पहरा सवै नकाटी बिचैमा छोडिदिएपछि समस्या उत्पन्न भएको हो।

गतवर्षको चैत महिनादेखि सुरु गरेको सो सडकखण्डले न गति लियो। न त सर्वसाधारणको कसैले गुनासो नै सुने।सडकमा अहिले ठुला खाल्डाखुल्डी त्यसमाथि साँघुरो सडकका कारण चालक तथा यात्रु राम नाम जपेर काठमाडौं-नुवाकोट ओहोरदोहोर गर्न विवश छन् । त्यतिमात्र होइन साँघुरो बाटोलाई निर्माण कम्पनीले खण्डहर बनाई एकतर्फी बाटो, समय कुरेर हेरेर हिड्नु पर्ने साथै एउटा सवारीसाधन फसेपछि सबै सवारीसाधन घण्टौ जाममा पर्ने चालकहरु बताउँछन् ।

सडक डिभिजन नुवाकोटले भने सबै रेन्क फराकिलो बनाउन ठेक्का पाएको सिसन निर्माण सेवालाई पटकपटक अनुरोध गरेको बताउदै आएको छ। सिसन निर्माणले कुल ४० लाख रकमको ठेक्कामा पहरा फुटाई फराकिलो सडक बनाउने वचनबद्धता दिएको थियोे।

प्रतिक्रिया दिनुहोस्