कोरोना अपडेट: थय ७९२ जनामा कोरोना संक्रमण, ९१० डिस्चार्ज, मृत्यु १४



काठमाडौं,असोज २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको मंगलबारको तथ्याङकमा कूल ९ हजार ६१९ एन्टिजेन र पिसिआर विधिमार्फत कोरोना परिक्षण गरिएको थियो ।  परिक्षण गरिएको मध्ये ७९२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । 

यस्तै गएको २४ घण्टामा ९ सय १० जना कोरोना निको हुनेको संख्या रहेको छ । १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

६९ हजार ८२४ जनाले कोरोना विरुद्धको खोप लगाएको पनि मन्त्रालयको तथ्याङकमा उल्लेख छ । 
हालसम्म नेपालमा १४ हजार ५५४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसमध्ये २३१ क्वारेन्टाईनमा,१०२ भेन्टिलेटर, सघन उपचारकक्षमा ३०६, संस्थागत आईसोलेशनमा एक हजार ९५ र १३ हजार ४५९  होम आईसोलेशनमा रहेका छन् ।

हाल सम्म नेपालमा ७ लाख ७७ हजार ७४१ कोरोना निको हुनेको संख्या रहेको छ । यस्तै हाल सम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ रहेको पनि मन्त्रालयले उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्