मासुका विषयमा भएका विवादपछि बुवाले गरे छाेराकाे हत्या



सल्यान, असोज २७ । बुवाले आफ्नै छोराको हत्या गरेका छन् ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका–१० माझकाडामा ५५ वर्षीय बुवा निमबहादुर कुँवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कुँवरको हत्या गरेका हुन् ।

बुधबार दसैंको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा करिब राति १० बजे तिर घरेलु हतियार हँसियाको प्रयोग गरेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्