विजयादशमीमा टीका लगाउन १०: ०२ बजेको साइत शुभ



काठमाडौं,असोज २७ । यो वर्षको विजयादशीमामा टीका लगाउने साइत १० बजेर २ मिनेटमा रहेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यो वर्ष बडादशैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रवार बिहान १० बजेर २ मिनेटमा रहेको छ ।समितिका अनुसार  पूर्वफर्किएर मान्यजनको हातबाट टीका लगाउनु पर्दछ । समितिले टीका लगाएर मान्यजनका हातको टीका लगाउन अन्यत्र जानेहरुका लागि टीको साइत कुरिरहन नपर्ने बताएको छ ।

समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिन्छ । बिहीवार महानवमी पर्व रहेको छ । विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापना तथा देवीलाई विसर्जन गरिने साइत छ ।

प्रतिक्रिया दिनुहोस्