लागु औषधसहित रुपन्देहीबाट चारजना पक्राउ



रुपन्देही,असोज २८ । रुपन्देही प्रहरीले लागु औषधसहित चारजनालाई प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा उप महानगरपालिका वडा–२२ का २७ को सागर पोख्रेल र गोदावारी नगरपालिका वडा–१ प्रगतिनगर बस्दै आएका २० वर्षीय मधुकर बिश्वकर्मा, गैडहवा गाउँपालिका– ९ का ३४ वर्षीय दुर्गा राना र कन्चन गाउँपालिका–२ का १६ वर्षीय अशोक कुमार लोध रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नुफिन ३७ सि.सी, फेनेग्रान ३७ सि.सी. ,डाइजेपाम ३७ सि.सी, नाईट्राभेट–८८ पिस, डाईजापाम –४८ पिस बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्