गुल्मीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु



गुल्मी,असोज २८ । गुल्मीमा गएराती मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–२ का २८ वर्षका मोटरसाइकल चालक सुरज हिताङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताउनु भयो ।

लु २६ प ६८३३ नम्बरको मोटरसाइकल मुसिकोट नगरपालिका वडानम्बर–७ वामीटक्सार बजारमा दुर्घटनामा घाइते हिताङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकलमा सवार २३ बर्षीय रबिन शाहीठकुरी सामान्य घाइते भएको प्रहरी निरिक्षक उपाध्यायले बताउनु भयो । यस्तै गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडागाउँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। गएराती जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–२ निवासी ७० वर्षकी जयकला रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

वडागाउँ स्वास्थ्य चौकीमा उपचार गराएर छोरा शिबबहादुर रायमाझीले बोकेर घर तर्फ लैजाने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । भिरबाट लडदा छोरा पनि घाइते भएको प्रहरी निरिक्षक उपाध्यायले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्