कोरोना अपडेट: थप ३९८ जना सङ्क्रमित, ८०४ निको ८ को मृत्यु



काठमाडौं, असोज २८ । नेपालमा पछिल्लो २४ घण्टामा ३९८ जना कोरोना सङ्क्रमित थपिएका छन् । कुल तीन हजार ४१९ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, दुइ हजार ७९८ वटा एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६।८८ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८०४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्