नेकपा (एकीकृत समाजवादी) गुल्मीको अध्यक्षमा श्रीराम महत चयन



गुल्मी,कात्तिक २ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गुल्मीको अध्यक्षमा श्रीराम महत चयन भएका छन् ।

गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न प्रथम जिल्ला भेलाले महतको अध्यक्षतामा ८१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

पार्टीको उपाध्यक्षमा चन्द्रबहादुर सुनार, झबि पाण्डे रहेका छन् । सचिबमा सुरेन्द्र कंडेल (रोहित), उपसचिबमा निर्मला भट्टराई र राजेन्द्र सुनार रहेको छ।प्रथम जिल्ला भेलालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सचिव एबम् मन्त्री रामुकारी झाँक्री सहितका नेताहरु गुल्मी आएका थिए ।

प्रतिक्रिया दिनुहोस्