नेपालमा थप ६ सय जनामा कोरोना संक्रमण, १३ जनाको निधन



काठमाडौं,कात्तिक ३। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ सय ६२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज ७ सय ५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८४ हजार १ सय ५५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआरबाट ५ सय ३४ र एन्टिजेन विधिबाट १ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टा समयावधिमा १३ जनाको संक्रमणबाट मृत्यु भएको छ । यससंगै कुल मृतकको संख्या ११ हजार ३ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्