घट्दै कोरोना संक्रमण, थप ५ सय ४५ संक्रमित थपिए



काठमाडौं, कात्तिक ४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ४५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ७ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८४ हजार ८ सय ८१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ४ सय ७० र एन्टिजेन विधिबाट ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्