एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटको अध्यक्षमा बिनोद लामा



नुवाकोट, कात्तिक १३ । एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटको अध्यक्षमा बिनोद लामा चयन भएका छन्।

शनिबार संगठनमा आबद्ध शिक्षकहरुको जिल्ला स्तरीय भेलाले लामालाई अध्यक्षमा चयन गरेको हो। संगठनको वरिष्ठ उपाध्यक्षमा बासु पनेरु, अर्का उपाध्यक्षमा मधुसूदन पौडेल, महिला उपाध्यक्षमा देवकी पाण्डे, अर्का उपाध्यक्षमा बिमला केसी, आइसिंह तामाङ, कृष्णप्रसाद प्याकुरेल सचिवमा टीका खरेल, अर्का सचिवमा हेमचन्द्र ल्हो अर्थ सहसचिवमा केशव बास्कोटा, जनकमान प्रधानसहित ४५ सदस्यीय संगठन चयन भएको छ।

कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङ, माओवादी नेता हिरानाथ खतिवडा, रामप्रसाद ढुंगाना, कबिता ढुंगाना लगायतले मन्तव्य तथा शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्