भारतमा कोरोना संक्रमितहरुको संख्या ९ महीनापछिकै सवैभन्दा कम



नयाँदिल्ली,कात्तिक २४ । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या नौ महीना पछिकै सबभन्दा कम देखिएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १० हजार १२६ जना मात्रै नयाँ संक्रमित थपिएका हुन् । यो संख्या भारतमा महामारी फैलिएको पछिल्लो २६६ दिनपछिकै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् ।     
     
भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या  ३ करोड ४३ लाख ७७ हजार ११३ पुगेको अधिकारीहरुले बताएका छन् । कुल संक्रमितमध्ये १ लाख ४० हजार ६३८ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । संक्रमित अवस्थामै रहेकाहरुको संख्या पनि दिनप्रतिदिन घट्दै गएको छ ।     

दैनिक नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले संक्रमित अवस्थामै रहेकाहरुको संख्या घट्दै गएको हो । पछिल्लो २४ घण्टामा ११ हजार ९८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या ३ करोड ३७ लाख ७५ हजार ८६ पुगेको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर ४ लाख ६१ हजार ३८९ जनाको मृत्यु भएको छ । ती मध्ये ३३२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्