गोरखाको दुई विद्यालयका विद्यार्थीलाई ‘केयर फर चिल्ड्रेन’द्वारा स्टेसनरी सामग्री प्रदान
गोरखा,कात्तिक २४ । जिल्लाको दुई विद्यालयमा अध्ययनरत विद्यार्थीलाई केयर फर चिल्ड्रेन नामक एक गैरसरकारी संस्थाले स्टेसनरी सामग्री सहयोग गरेको छ।
जिल्लाको सहिद लखन गाउँपालिकामा अवस्थित दुई सामुदायिक विद्यालयका १९० जना विद्यार्थीलाई स्टेसनरी सामग्री कापीकलम,गणितीय तथा अङ्ग्रेजी अभ्यास पुस्तिकाहरु सहयोग गरिएको सो संस्थाका गोकर्ण गुणीले बताए।
लामो समयदेखि गोरखा र नुवाकोट जिल्लामा रहेका १० वटा विद्यालयका भौतिक भवन तथा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक,स्टेसनरी लगायत खेलकुदजन्य सामग्री सहयोग गर्दै आएको जर्मनी संस्था ‘केयर फर चिल्ड्रेन’ले मंगलबार गोरखाको श्री गण्डकी प्राथमिक विद्यालय र त्रिवेणी प्राथमिक विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान गरेको हो।
स्टेसनरी सामग्री वितरण कार्यक्रममा संस्थाका प्रमुख अर्जुन थपलिया, गोकर्ण गुणी र विश्वराज घलेको समेत उपस्थिति रहेको थियोे ।