माण्डवी गाउँपालिकाको शिक्षा शाखामा लगाइएको ताला २४ दिनपछि खुल्यो



प्युठान,कात्तिक २९ । माण्डबी गाउँपालिकाको शिक्षा साखाको कार्यालयको ताला २४ दिनपछि आज खुलेको छ । शिक्षामा राजनिती गरेको भन्दै स्थानीय चार राजनितिक दलले गत असोज ५ गते देखि गाउँपालिकाको शिक्षा शाखामा अनिश्चितकालिन तालावन्दी गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाको अध्यक्षतामा बसेको आजको गएको असोज २५ गतेको निर्णय अनुसार उक्त कार्यपालिकाको शिक्षा नियमावली २०७४ को नियम १र २ मा भएको संशोधन प्रति द्धिबिधा भएकाले संधिय शिक्षा तथा नियमावलीसंग नबाझिने गरि संघिय दरबन्दि र राहातमा करार शिक्षक नियुक्त गर्दा संघिय शिक्षा ऐन नियम अनुसार गर्ने र गाउपालिका अनुदानका शिक्षक कर्मचारी नियुक्त गर्दा गाउपालिकाले कार्यबिधि बनाई लागु गर्ने निर्णयसंगै ताला खोलिएको हो । माण्डबी गाउपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा शिक्षक कर्मचारी करारमा राख्नुपर्ने अबस्थामा नयाँ कार्ययोजना नबन्दा सम्मको अबस्थामा संधिय शिक्षा नियमावलीमा उल्लेखित शिक्षक तथा कर्मचारी छनौट समिति अनुरुप गर्न निर्णय पनि आजको बैठकले गरेको छ । गाउंपालिकाको यस्तो निर्णय संगै स्थानिय दलहरु ताला खोल्न सहमत भएका हुन।

स्थानिय चार राजनितिक दलहरुले प्रेस विज्ञप्ती निकाल्दै गाउपालिकाले ठाडो हस्तक्षेप गरी शिक्षा ऐन अन्तर्गत गठन भएका विद्यालय व्यबस्थापन समिती र प्रधान अद्यापकहरुको अधिकार कटौती गरेको आरोप लगाएका थिए।गाउँकार्यपालीकाको बैठकबाट शिक्षा नियमावली २०७४ नियम ५४ उपनियम १ र २ संसोधन गरी गाउँपालिकाले विज्ञापन खोलेर ऐन बिपरित कार्य गरेको उनिहरुको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्