नुवाकोटको पञ्चकन्या, शिवपुरी, लिखु र ककनीका ९ विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग



नुवाकोट,मंसिर ३। जिल्लाको पञ्चकन्या,शिवपुरी,लिखु र ककनी गाउँपालिकाका ९ विद्यालयका विद्यार्थीलाई एक गैरसरकारी संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ। जर्मनी संस्था हेल्फे नेपालको सहयोगमा गैरसरकारी संस्था ‘केयर फर चिल्ड्रेन’ ले बुधबार र शुक्रबार गरी दुई दिन विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो।

संस्थाका विश्वराज घलेका अनुसार विगतका वर्षमा विद्यालय पोशाक, झोलासहित न्यानो कपडा वितरण गर्दै आएको संस्थाले यस पटक भने भर्खरै कोभिडबाट उन्मुक्ति पाएको विद्यालय सञ्चालनको चरणमा रहेकाले सहयोगरत विद्यालयका विद्यार्थीहरुलाई कापीकलम, ड्रविङ कापी, सिसाकलम, भान्साका सामग्रीजस्ता शैक्षिक सामग्रीलाई पहिलो प्राथमिकता राख्दै सहयोग गरिएको बताइएको छ । सामग्री वितरण गरिएको विद्यालयमा शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा रहेको ग्रामीणदेवी माध्यमिक विद्यालय, कुम्भेश्वर माध्यामिक विद्यालय र लिखु गाउँपालिकाको सिद्दी गणेश आधारभूत विद्यालय रहेका छन् ।

त्यस्तै पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको सुन्दरा प्राथमिक विद्यालय, बच्छला माध्यमिक विद्यालय र ककनी गाउँपालिकाको आरुखर्क छाप प्राथमिक विद्यालय, अरुणोद्दय माध्यमिक विद्यालय, मनकामना प्राथमिक विद्यालय, ब्रम्हायणी निम्न माध्यमिक विद्यालय र गोरखा जिल्लामा रहेको गण्डकी प्राथमिक विद्यालयका झण्डै १ हजारको संख्यामा रहेको विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो।

संस्थाद्वारा ३२ थान कम्प्युटर प्रदान

संस्थाले पछिल्लो समय झोला तथा न्यानो कपडा,विद्यालय पोशाक, कम्प्युटर प्रदान गरेको थियोे । संस्थाले गत पुष महिनामा विद्यालयलाई सूचना तथा प्रविधिमैत्री बनाउन प्रति प्राथमिक विद्यालय ३ थान र माध्यमिक विद्यालयलाई ४ थान डेल कम्प्युटर प्रदान गरेको थियोे। संस्थाद्वारा सहयोग पुर्याउदै आएको सबै विद्यालयमा ईन्टरनेटको ब्यवस्थापन समेत गरेको छ।

सबै विद्यालयमा दिवा खाजा व्यवस्थापन

लामो समयदेखि जर्मनी संस्था हेल्फे नेपालको सहयोगमा गैरसरकारी संस्था ‘केयर फर चिल्ड्रेन’ ले विभिन्न सहयोगरत विद्यालयका विद्यार्थीलाई दिवा खाजा समेत प्रदान गर्दै आइरहेको छ। आधारभूत तहमा सरकारी तवरको रकममा थप रकम थप्दै संस्थाले पर्याप्त पौष्टिक आहारको ब्यवस्थापन गरेको संस्थाका अर्जुन थपलियाले बताए । संस्थाका गोकर्ण गुणीका अनुसार प्राथमिक तहका विद्यालयलाई सरकारले दिदै आएको प्रतिव्यक्ति रु १५ रुपैयाँ भएतापनि माध्यमिक तहका सबै विद्यार्थीलाई दिवा खाजा दिदै आएको छ।

तस्बिरमा शैक्षिक सामग्री वितरण

संस्थाका प्रतिनिधिसंगै ब्रह्माणी विद्यालय ककनी

संस्थाका प्रतिनिधिसंगै आरुछाप विद्यालय ककनी

संस्थाका प्रतिनिधिसंगै अरुणदोय विद्यालय ककनी
संस्थाका प्रतिनिधिसंगै बच्छला माध्यमिक विद्यालय भद्रुटार
संस्थाका प्रतिनिधिसंगै कुम्भेश्वर माध्यमिक विद्यालय शिवपुरी
संस्थाका प्रतिनिधिसंगै ग्रामीणदेवी माध्यमिक विद्यालय सुनखानी
संस्थाका प्रतिनिधिसंगै सिद्दी गणेश आधारभूत विद्यालय लिखु
संस्थाका प्रतिनिधिहरु

प्रतिक्रिया दिनुहोस्