सप्तरीको छिन्नमस्ताका सबै सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द



सप्तरी,मंसिर ४ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । गाउँपालिकाविरुद्ध आन्दोलनरत कर्मचारीहरूको समर्थन गर्दै शिक्षकहरू पनि आन्दोलित भएपछि विद्यालय बन्द भएका हुन् ।

सबै सामुदायिक विद्यालयका विद्यार्थीका लागि तत्काल पाठ्यपुस्तकसहित अन्य निकासहरू अविलम्व व्यवस्था हुनुपर्ने, सबै विषयगत शाखारउपशाखा, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत गाउँपालिका कार्यालयका लागि चाहिने आवश्यक सामग्री उपलब्ध हुनुपर्ने लगायत ६ बुँदे माग राखी कर्मचारीहरू आन्दोलित भएका छन् । त्यही आन्दोलनको समर्थनमा शिक्षकहरू आन्दोलित हुँदा पठनपाठन प्रभावित भएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत दीपक मेहताले बताए ।

गाउँपालिकामा १९ वटा सामुदायिक विद्यालयमा झन्डै पाँच हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्