पञ्चकन्याको मेलामा  हास्य कलाकार सुबोध गौतम एकदुमेको धमका



नुवाकोट, मंसिर ७ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ मा रहेको पञ्चकन्या मन्दिरको मेलामा हास्य कलाकार सुबोध गौतम ‘एकदुमे’ आउने भएका छन् ।

कलाकार सम्पर्क समिति पञ्चकन्याका अनुसार गौतमसहित चर्चित लोक दोहोरी गायक/ गायिकाको उपस्थिति रहनेछ। सो समितिले झण्डै तीन दर्जन कलाकारहरुको जमघट हुने जनाएको छ। मंगलबार साँझदेखि सुरु भएको दुई दिने पञ्चकन्या मेलामा चर्चित लाइभ दोहोरीकी गायिका सुशीला लामा, बद्री सिटौला,रामजी खाड, कुमार भण्डारी, इन्द्र लामा, रामेश्वर भण्डारी लगायतको राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिति रहनेछ।

घलेभन्ज्याङभन्दा २ सय मिटर पूर्वोत्तरमा अवस्थित ऐतिहासिक एवं धार्मिक स्थल पञ्चकन्या मन्दिरमा हरेक वर्ष मार्ग कृष्णपक्ष चतुर्थी र पञ्चमीका दिन मेला लाग्ने गर्दछ । विगतका वर्षमा दुई दिनसम्म व्यापक रुपमा जात्रा चल्ने गरे पनि पछिल्लो वर्षमा कोरोना महामारीका कारण सामान्य रुपमा पूजाआजामा सिमित हुँदै आएको थियोे। यस वर्ष भने कोरोना महामारी संक्रमण समेत कमि हुँदै गएकाले मेला विशेष हुने मन्दिर संरक्षण समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्