नुवाकोट पञ्चकन्यामा लैङ्गिग हिंसाविरुद्धको १६ दिने अभियान सुरु



नुवाकोट,मंसिर ९ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको कार्यलयमा लैङ्गिग हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ।

राष्ट्रिय अभियान अन्तर्गतको १६ दिने अभियानमा कार्यरत कर्मचारीहरुले कार्यालयमा उपस्थित हुँदा सेतो रिबनको ब्याज लगाएका छन् ।

म लैंगिक हिंसा गर्दिन, आफ्नो समाजमा पनि म यो हुन दिन्न भन्ने प्रतिवद्धता जनाउँदै पायक पर्ने स्थानमा पुगी उनीहरुले आफ्नो गाउँ समाज र टोल छिमेकमा गई लैंगिक हिंसा को बारेमा जनचेतना फैलाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले बताए। प्रमुख प्रशासकीय अधिकृत बिष्टले साझापथसंगको कुराकानीमा भने- ‘हाम्रो अभियान अन्तर्गत अन्तिम दिन जनप्रतिनिधि, प्रहरी , स्थानीय महिला समुह ,लगायत विभिन्न समुहहरुको भेला गराई औपचारिक कार्यक्रमका साथ समापन गर्छौ।’

प्रतिक्रिया दिनुहोस्