पोर्चुगलबाट भोटेकोशी बाढीपीडित नुवाकोट सुनखानीका तामाङ परिवारलाई १ लाख ६७ हजार सहयोग



नुवाकोट,कात्तिक १४ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानीका दुई परिवारलाई पोर्चुगलबाट प्राप्त आर्थिक सहयोग प्रदान गरिएको छ।

बाढीमा परी ज्यान गुमाएका ४१ वर्षीय दिनेश तामाङ र ३३ वर्षीय केशव तामाङका परिवारलाई सहयोग गर्ने उद्देश्यले पोर्चुगलमा रहेकी फूलमाया तामाङको विशेष पहलमा संकलित १ लाख ६७ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो।

संकलित उक्त रकम फूलमाया तामाङका श्रीमान् कुमार तामाङको बैंक खातामार्फत शनिबार पीडित परिवारलाई उपलब्ध गराइएको जनाइएको छ।

भोटेकोशी बाढीमा ज्यान गुमाएका दिनेश र केशव दुवै सवारी चालकका रूपमा कार्यरत थिए। उनीहरूको निधनपछि परिवारलाई परेको आर्थिक समस्यामा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्