चुनाव चिन्हले पहिलो वन्ने केपिकाे सपना सपनामै सिमित हुन्छः नेता चाैधरी



बर्दिया,मंसिर ९ । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीेले चुनाव चिन्हले पहिलाे पाटी वन्ने केपीकाे सपना सपनामै सिमित हुने बताएका छन । विहिवार वर्दिया जिल्ला पाटीकाे जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वाेधन गर्दै नेता मेटमणि चाैधरीले सुर्य चिन्हले निर्वाचनमा पहिलाे पाटी वन्ने केपि वलीकाे सपना सपना मात्रै हुने दावी गरेका हुन ।

चिन्हले पहिलो पाटी वन्ने भए नेपाली काङ्ग्रेस सधै पहिलाे पाटी हुनुपर्ने हाे उनले भने` किन कहिले काङ्ग्रेस, कहिले कम्युनिस्ट पाटीहरु पहिलाे भए,के निर्वाचनमा चिन्हकाे कारण हाेत ।´ उनका अनुसार केपि वली पाटीका २० प्रतिशत नेता कार्यकर्ताहरु मसिंर १२ गतेपछि एकीकृत समाजवादी पाटीमा प्रवेश गर्ने वताए । हिजाेकाे एमाले अहिले एमाले नभएर केपी वलीकाे कम्पनी पाटी भएकाले महाधिवेशनमा आफ्नो गुनगान गाउने र केपी वा आई लभ यु भन्नेहरु मात्रै निर्वाचित हुने वताए । केपीका पछाडि लागेका १० भाईहरुले उम्मेदवारी घाेषणा गरेपनि मनाेनयन दर्ता गर्न नपाउने अवस्था समेत सिर्जना हुने देखिएकाे उनकाे भनाइ रहेकाे छ । उनले केपी पाटी अहिले जिउदाे माछावाट सुकेर सिद्रामा परिणत हुदै गएकाे दावी गरे ।

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका नेता चाैधरीले हिजाे नेकपा एमाले तथा केपी शर्मा ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे। प्रतिनिधि सभा सदस्य समेत रहेका चाैधरीले भुमिकाे समस्या समाधानका लागि सरकार गम्भीर भएर लागेकाे वताए । करिव १३ हजार घर परिवारहरु अहिले अव्यवस्थित वसाेवासमा रहेका छन उनले भने` यी परिवारलाई व्यवस्थित वसाेवास गराउने काममा सरकार जुटेको छ ।´ मेटमणि चाैधरीले विहिवार विहान वर्दियाकाे चाैधरीपुरका ४० भन्दावढी घरपरिवारलाई एकीकृत समाजवादी पार्टीमा स्वागत गर्दै पार्टी सदस्यता समेत वितरण समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्