कोरोना अपडेट: ३ सय संक्रमित थप, २९८ निको, मृत्यु ३



काठमाडौं, मंसिर ९ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ३ सय ८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २० हजार २ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १ हजार ४ सय २० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय ८१ र एन्टिजेन विधिबाट २७ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्