नुवाकोट पञ्चकन्या गाउँपालिकाद्वारा कलाकारलाई सम्मान



नुवाकोट,मंसिर १० । जिल्लाको पञ्चकन्या गाउँपालिकाले कलाकारहरुलाई सम्मान गरेको छ । मंगलबार एक समारोहका बीच सेवा क्षेत्र भित्र जन्मिएर विभिन्‍न विधाका सांगीतिक क्षेत्रमा लागिरहेका डेढ दर्जन कलाकारलाई ‘पञ्चकन्या जात्रा २०७८’ को अवसरमा मंगलबार सम्मान गरिएको हो । गाउँपालिकाको सामाजिक विकास शाखाको आयोजनामा भएको कार्यक्रममा लोक तथा दोहरी गायक/गायिका सानु केसी, दिनेश श्रेष्ठ, रामेश्वर भण्डारी, सुशीला लामा, भगवान कार्कीलगायत खादा र प्रमाणपत्रसहित सम्मानित हुनुभएको थियो । 

कार्यक्रममा साझापथ डटकम, ग्लोबल मिडिया डटकम, झाँक्री समूहका नेतृत्वहरुलाई पनि सम्मान दिइएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले अरु क्षेत्रको विकाससँगै कला र संस्कृतिको विकासका लागि कलाकारलाई प्रोत्साहन स्वरुप सम्मानीत गरेको बताए । उनले पञ्चकन्याका कलाकारले सिर्जना गरेको गीत, संगीत ‘भाइरल’ भएमा सबभन्दा पहिला आफ्नो गर्वले छाती फुल्ने बताउनुभयो । साथै कलाकारहरुलाई पञ्चकन्याको चिनारी झल्कने गीत सिर्जना गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा हास्यकलाकार सुबोध गौतम, चर्चित गायक विश्वदोङ लगायतको प्रस्तुति समेत रहेको थियोे।

प्रतिक्रिया दिनुहोस्