भारतमा ६.१ रेक्टरस्केलकाे शक्तिशाली भूकम्प गयो



एजेन्सी,मंसिर १० । भारतमा शक्तिशाली भूकम्प गएको छ। भारतको पूर्वोत्तर भारत-म्यानमार सीमामा शक्तिशाली भूकम्प गएको हो । भारतीय समाचार माध्यमहरुका अनुसार शुक्रबार बिहान उक्त क्षेत्रमा ६.१ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पको क्षतिको विवरण भने आउन सकेको छैन । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार आइजलबाट लगभग एक सय ४० किलोमिटरको दुरीमा जमिनको सतहबाट १२ किलोमिटर भित्र भूकम्पको गएको हो ।

भूकम्पको धक्का बंगलादेशको चिटगाउँसम्म महसुस भएको थियो । त्यस्तै भारतको कोलकत्तामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्