नुवाकोटको पिपलटारमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जना गम्भीर घाइते



नुवाकोट,मंसिर १७। जिल्लाको पिपलटारमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहानै बा ६३ प ५०२० र अर्को स्पष्ट नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जना गम्भीर भएका हुन।

पिपलटार माउन्टेन भ्यू रिसोर्ट जाने बाटो नजिकै दुर्घटना भएको बताइएको छ। हालसम्म घाइतेको पहिचान भैसकेको छैन । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्