भाइको कुटपिटबाट दाइको मृत्यु, कुटपिटमा संलग्न व्यक्ति पक्राउ



सिन्धुपाल्चोक,कात्तिक १४ । सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट घाइते भएका दाइको उपचारका क्रममा मृत्यु भएको छ। लिसंखुपाखर गाउँपालिका–३ ग्यावा टोलमा भाइको कुटपिटबाट ६२ वर्षीय राना बहादुर तामाङको मृत्यु भएको हो।

प्राप्त विवरणअनुसार गत कात्तिक ११ गते सामान्य विवाद हुँदा उनका अन्दाजी ६० वर्षीय भाइ शम्बर बहादुर तामाङले राना बहादुरमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका राना बहादुरलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि केएमसी अस्पताल दुवाकोट पठाइएका उनको कात्तिक १४ गते दिउँसो ३ बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा संलग्न शम्बर बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्