नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्ने
काठमाडौं,कात्तिक १४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबार बस्ने भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा आइतबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै बैठकमा अनिवार्य उपस्थित हुन केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई अनुरोध गर्नुभएको छ ।

