मानव अधिकार तथा शान्ति समाज नुवाकोटको अध्यक्षमा प्याकुरेल
नुवाकोट,कात्तिक १४ । मानव अधिकार तथा शान्ति समाज नुवाकोट शाखाको १८औँ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार सम्पन्न साधारण सभाले नानीकाजी प्याकुरेलको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा रुपा कुमारी अर्याल, सचिवमा अर्जुन गिरी, सहसचिवमा अप्सरा श्रेष्ठ र कोषाध्यक्षमा मिनबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा रामप्रसाद रिमाल, सुमन पौडेल, मेनुका श्रेष्ठ, भोजबहादुर नेपाली र श्रीकृष्ण थापा चयन हुनुभएको छ ।
सभाले नयाँ नेतृत्व चयन गर्दै संस्थाको आगामी कार्यदिशा र मानव अधिकार तथा शान्ति प्रवर्द्धनका गतिविधिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

