काङ्ग्रेस वाग्मती प्रदेश सभापतिमा बानियाँले ल्याए बढि मत, पुन: मतदान हुने



हेटौंडा,मंसिर १९ । नेपाली काङ्ग्रेस वाग्मती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँले बढि मत ल्याएका छन् ।

सभापतिमा पहिलो हुने बानियाँले ९९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका छन् । तेस्रो हुने भीमसेनले १९७ मत ल्याएका छन् । बढि मत ल्याउने बानियाँले ४८ प्रतिशत मत ल्याए ।

कांग्रेसको बिधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान अनुसार सभापतिमा पुन मतदान हुने भएको छ । पुनः मतदान आइतबार हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्