मत परिणाम : १९ सय ११ मत गन्दा बानीयाँ जित नजिक ( हेर्नुस परिणाम)



हेटौँडा,मंसिर १९ । नेपाली काङ्ग्रेस वाग्मती प्रदेश अधिवेशन अन्र्तगत सभापतिको मतगणना जारी छ ।

हेटौँडाको वन विज्ञान अध्ययन संस्थानमा जारी मतगणनाको ताजा नतिजा अनुसार एक हजार ९ सय ११ मत गन्दा सभापतिका उम्मेद्वार इन्द्रबाहुर बानीयाले १०२४ मत प्राप्त गरेका छन।

त्यस्तै उनका प्रतिस्पर्धी जगदिश्वर नरसिंह केसीले ८७४ मत प्राप्त गरेका छन् । बदर मत संख्या १० रहेको छ। अब २५ मिनेटमा नतिजा आइसक्ने बताइएको छ। गन्न बाकी ११० मत रहेको छ।

प्रतिक्रिया दिनुहोस्