नेपाली काङ्ग्रेस वाग्मती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँ विजयी



हेटौंडा,मंसिर १९ । नेपाली काङ्ग्रेस वाग्मती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ विजयी भएका छन ।

आइतबार सम्पन्न पुन:निर्वाचन मार्फत बानियाँले अर्का उम्मेदवार जगदीश नरसिंह केसीलाई १५८ मतले पराजित गर्दै वाग्मती प्रदेश सभापतिमा निर्वाचित भएका हुन। बानियाँले १०८५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जगदीश नरसिंह केसीले ९२७ मत मात्र प्राप्त गरेका छन। 

शनिबार सम्पन्न निर्वाचनमा सभापतिकाका उम्मेदवार ईन्द्रबहादुर बानियाँ,जगदीश नरसिंह केसी र भिमसेन दास प्रधानले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसक्दा आइतबार पुन: मतदान भएको हो। सभापतिका उम्मेदवार भिमसेन दास प्रधानले पत्रकार सम्मेलन गरी यस अघि नै आफ्नो समर्थन ईन्द्रबहादुर बानियाँलाई रहेको बताएका थिए।आज भएको दोस्रो चरणको सभापतिको मतदानमा २०२५ जनाले मतदान गरेका थिए।

पहिलो चरणमा ल्याएको ९९२ मतभन्दा बानियाँले एक सयभन्दा कम मत बढाएका छन् । केसीले भने पहिलो चरणमा भन्दा एक सयभन्दा बढी मत बढाएका छन् ।

भीमसेनदास प्रधानले पहिलो चरणमा प्राप्त गरेको १९७ मत दुवै उम्मेदवारलाई बराबर जस्तो बाँडिएको छ । प्रधानले बानियाँलाई सघाउने घोषणा गरेका थिए । तर, उनको मत सबै बानियाँलाई नगएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्