देशभर २५९ संक्रमित, काठमाडौंमा मात्र १२८ संक्रमित थपिए

काठमाडौं,मंसिर । पछिल्लो २४ घन्टामा देशभर आज २ सय ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
थपिएका मध्ये काठमाडौं उपत्यकाका मात्र १ सय २८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज संक्रमित हुनेमा काठमाडौंका ७९ जना, ललितपुरका ४२ जना र भक्तपुरका ७ जना रहेका छन् । योसँगै काठमाडौं उपत्यकामा संक्रिय संक्रमितको संख्या १७ सय ९ पुगेको छ ।