नुवाकोट गेर्खुमा सुख्खा पहिरोले बृद्धको ज्यान लियो

नुवाकोट,मंसिर २४ । जिल्लाको गेर्खुमा सुख्खा पहिरो जादा एक बृद्धको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुसार मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका ७३ वर्षिय रामप्रसाद प्याकुरेल रहेका छन् ।
उनको खेत खन्ने क्रम माथिबाट आएको पहिरोले थिचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।