नेताहरुको छवि समाजमा धमिलिदै गयो : लिङ्देन



काठमाडौं,मंसिर २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समाजमा नेताहरुको छवि धमिलिदै गएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै लिङ्देनले गाउँमा जाँदा नेताहरुलाई चोर आएको बताउने गरिएको टिप्पणी गर्दै नेता प्रति जनताको विश्वास गुमेको बताए ।

उनले अहिलेको सरकार सरकार जस्तो नरहेको, संसद संसद जस्तो नरहेको र अदालत अदालत जस्तो नरहेको धारणा पनि राखे। उनले अहिलेको राजनीति पनि ठिक नभएको तर्क गरे । काँग्रेसको १४ औं महाधिवेशनले नेतृत्वको छवि सुधार्ने प्रयास गर्नुपर्ने उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्