नुवाकोट शिवपुरी ४ मा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन



नुवाकोट, मंसिर २५ । काठमाडौंसंगै जोडिएको जिल्लाको शिवपुरी गाउँपालिकाको वडा न ४ सिक्रेमा नेकपा एकीकृत समाजवादीले वडा अगुवा कार्यकता भेला तथा वडा कमिटी गठन गरेको छ। वडा भेला बाट ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

वडा कमिटीको अध्यक्षमा डम्बरबहादुर खड्का उपाध्यक्ष बल बहादुर गुरुङ , मनिसा खड्का, सचिव दुर्गा आलेमगर उप सचिव उमा बुढाथोकी गरि ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो । नेकपा एकीकृत समाजवादी पाटि नुवाकोट जिल्ला कमिटीका सचिव पदम उप्रेतीको प्रमुख अतिथिमा वडा कमिटी गठन गरिएको थियो ।

वडा भेलालाई सम्बोधन गर्दै पदम उप्रेतीले अब जनताको विकासका लागि समाजवादी पाटि भएको र समाजवादी पाटि कमिटी गठनका कामहरु तिव्रगतिले अगाडि बढिरहेको र आम जनता र युवावर्गहरुको पाटिमा आकार्षण बढिरहेको र आफू पहिला शिवपुरी गाउँपालिकाको अध्यक्ष प्रत्यासि भईरदा पनि जहिले पनि शिवपुरी को विकास र जनताको लागि सधैं काम गरिरहेको र अब समाजवादी पाटि नै एमाले भन्दा मुल प्रवाहको र जनताको पाटि भईरहेको र एमालेले पाटि विधि पदति बाट नचलेर कम्युनिस्ट आन्दोलन र पाटि ध्वस्त पारेकाले एमाले केपि ओलि प्रा लि भएकोले समाजवादी पाटि गठन भई अहिले जनताको विचमा समाजवादी पाटि आएको बताए ।

कार्यक्रममा शिवपुरी गाउँपालिका वडा न ५ का वडा अध्यक्ष सिताराम थापा , वडा न ८ का अध्यक्ष पदमबहादुर थपलिया वडा न ४ का वडा सदस्य सन्तोष थापा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य उतम श्रेष्ठ ,चम्पा तामाङ , उज्वल खड्का ,सीता पोखरेल शिवपुरी काठमाडौ सम्पर्क कमिटी अध्यक्ष सञ्जिव थापा लगाएतले मनतब्य राखेका थिए ।कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरि ६ जना समाजवादी पाटिमा प्रवेस गरेका थिए।कार्यक्रममा स्वागत मनतब्य सगिता तामाङले राखेका थिए भने नेकपा एकीकृत समाजवादी वडा न ४ का ईन्चार्ज ओम बहादुर बुढाथोकी सभापतिमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्