एमालेले तोक्यो ७ प्रदेशका इन्चार्ज, कुन प्रदेशमा को ?

काठमाडौँ,मंसिर २६ । नेकपा एमालेले पार्टीका सात वटै प्रदेशका इन्चार्ज तोकेको छ ।
आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको एक नेताले जानकारी दिए ।
प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे छन् भने २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी छन्। यस्तै गण्डकीको इन्चार्जमा पद्मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट तोकिएका छन् ।