काङ्ग्रेस सभापतिमा पूनः देउवा निर्वाचित



काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको १४ महाधिवेशनबाट सभापतिमा पूनः शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

उनले सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई पराजित गरेका हुन् ।

कुल खसेको मत ४५६२ मध्ये ३८१९ मत गणना गर्दा नै देउवाले २२८८ मत हाँसिल गरेर जित सुनिश्चित् गरेका हुन् । उता, शेखरले भन १५०१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्