तीनजनाको नेपाली नागरिकता रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौँ,पुस ३ । मन्त्रिपरिषद्को बैठकले तीन जनाको नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन।

शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरेको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्