बाढी प्रभावित ९३ विद्यार्थीलाई विद्यालय झोला र सरसफाइ सामग्री सहयोग



नुवाकोट,कात्तिक १५ । प्रलयकारी बाढीबाट प्रभावित नुवाकोटका ९३ जना विद्यार्थीलाई विद्यालय झोला तथा सरसफाइका सामग्री सहयोग गरिएको छ ।

विदुर नगरपालिका–१ संगमचोक बट्टारस्थित सुभेनियर बोर्डिङ स्कुलमा अध्ययनरत बाढी प्रभावित परिवारका छोराछोरीलाई राहतस्वरूप शैक्षिक सामग्री र सरसफाइका सामान वितरण गरिएको हो ।

शिक्षाप्रेमी ज्ञानेन्द्र घलेको सहजीकरणमा रामकुमार ल्हो तामाङ र हरिचन्द्र तामाङले विद्यार्थीलाई उक्त सामग्री वितरण गरी सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्