गुल्मीमा भिरबाट लडेर श्रीमान श्रीमतीको मृत्यु



गुल्मी,पुस ३ । गुल्मीमा भिरबाट लडेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–१ सिम्ले निवासी मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।

मुसिकोट नगरपालीका वडानम्बर–१ बाङ्गेस्थित सिख्राको सामुदायीक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए ।स्थानीयले घाईते अबस्थामा रहेको भन्ने खबर प्रहरी चौकिमा जनकारी गराउना साथ प्रहरी सहायक निरिक्षक नवराज भट्टराईको कमाण्डमा ३ जनाको टोली खटिएका थिए । टोलीले उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल तम्घास पठाएका थिए । उनिहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई जना बाङ्गे माईती जाने क्रममा भिरबाट लडेको प्रहरी उपरीक्षक (एसपी) भट्टराईले बताए । मृतक २ जनाको शव गुल्मी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्