गुल्मीमा धान उत्पादनमा कमी



गुल्मी,पुस ३ । गुल्मी जिल्लामा यो वर्ष धान उत्पादन कमी आएको छ । जिल्ला भर लगाइएको धानवाली कृषि ज्ञानकेन्द्र गुल्मीले दिएको तथ्याङ्ककका आधारमा जिल्लामा गत वर्ष भन्दा यो वर्ष धान उत्पादनमा कमी आएको हो । यसवर्ष ८ हजार ८०३ क्षेत्रफलमा लगाईएको धान वालिमा २६ हजार १५७ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । गतवर्ष भन्दा यस वर्ष ४ प्रतिशत धान उत्पादन कमी आएको छ ।

गतवर्ष कुल ८ हजार ८३६ क्षेत्रफलमा लगाईएको धान वालिमा २७ हजार ३१२ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । यसवर्ष बेमौसी वर्षातको कारणले धान ढलेकाले उत्पादनमा कमी आएको होे । धान क्षेती भएका कृषकहरुलाई राहत अनुदान मापदण्ड स्वीकृति भएको छ । राहत बितरणका लागि स्थानीय तहलाई जिम्मेवारी दिएको भण्डारीले बताए ।

धान उत्पादन गर्न कृषि ज्ञान केन्द्रले उन्नत बिउ, मूल बिउ कृषकलाई बितरण गर्ने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये झण्डै ९ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ। एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ । हाल जिल्लाभर रामधान, खुमल चार, खुमल छ, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको पाइएको छ । जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । भने ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्